कुष्ठरोग निवारणमा सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

निरोगी नेपाल बनाउन सरकारी अभियान अग्रसर हुन सबैलाई अपील
वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
कुष्ठरोग निवारणमा सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कुष्ठरोग कम भएपनि उन्मुलन भइ नसकेको बताउनुभएको छ । उहाँले कुष्ठरोग निवारण गर्ने विषयमा सरकार प्रतिवद्ध रहेको पनि बताउनुभयो ।

काठमाडौँमा कुष्ठरोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले जनस्वास्थ्यको सवालमा सरकार संवेदनशील रहेको बताउनुभयो । उहाँले कुष्ठरोगको निवारण गरिछाड्ने प्रयासलाई प्रभावकारी ढङ्गले अघि बढाउन जरूरी भएको र त्यसका लागि सरकार अग्रसर रहेको बताउनुभयो ।

कुष्ठरोगलाई आयुर्वेदिक औषधिबाट समेत निको पार्न सकिने भएकाले त्यसतर्फ पनि ध्यान दिनुपर्ने भन्दै प्रधानमन्त्रीले खानालगायतका विषयमा ध्यान दिन सक्नुपर्ने बताउनुभयो । उहाँले सिंगै नेपाललाई निरोगी नेपाल बनाउन सरकारले चाहेको भन्दै रोग लाग्ने परिस्थिति आउनै दिन नहुने पनि दोहोर्याउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.