सामान्य उपचार स्थानीय तहबाटै दिन सके स्वास्थ्य सेवा व्यवस्थित हुन्छ : स्वास्थ्य सचिव देवकोटा

चैत्र २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
सामान्य उपचार स्थानीय तहबाटै दिन सके स्वास्थ्य सेवा व्यवस्थित हुन्छ : स्वास्थ्य सचिव देवकोटा

काठमाडौं । स्वास्थ्य सचिव डाक्टर विकास देवकोटाले सामान्य उपचार सेवा स्थानीय तहबाटै दिन सके स्वास्थ्य सेवा व्यवस्थित गर्न सकिने बताउनुभएको छ ।काठमाडौंको ह्याम्स अस्पतालले वार्षिकोत्सवका अवसरमा आज भएको दोस्रो संवाद शृङ्खलामा स्वास्थ्य सचिव देवकोटाले स्थानीय तहबाट सामान्य उपचार सेवा, केही जटिल सेवा प्रदेश र विशेषज्ञ सेवा केन्द्रीय अस्पतालबाट लिने गरी व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । 

स्वास्थ्य सेवाको कार्यविधि र परिधि छुट्याएर व्यवस्थित गर्नुपर्ने उहाँको भनाइ थियो ।

गत वर्षदेखि संवाद शृङ्खला सुरु गरेको ह्याम्स अस्पतालले यस वर्ष स्वास्थ्य सबैको सरोकार नारा सहित स्वास्थ्य सम्बन्धी नीतिगत बहस गरेको हो । कार्यक्रममा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच तथा नागरिकको स्वास्थ्यमा लगानीका बारेमा भोलिसम्म छलफल हुनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.