काठमाडौै । त्रिभुवन विश्वविद्यालय भौतिकशास्त्र केन्द्रीय विभागले प्राकृतिक रुपमा उपलब्ध जुडीबुटीमा पाइने लिगाण्डले कोरोना भाइरसलाई कमजोर पारेर औषधिको रुपमा काम गर्न सक्ने पत्ता लगाएको छ ।
भौतिकशास्त्रका प्राध्यापकसहितको समूहले ३ वर्ष लगाएर गरेको कोभिड १९ को प्रभाव कम गर्ने उपाय र औषधि चयनका प्राकृतिक तत्वहरुको वैज्ञानिक अनुसन्धानको नतिजा काठमाडौंमा सार्वजनिक गरेको हो ।
प्राकृतिक रुपमा उपलव्ध जडीबुटीमा पाइने तत्व लिगाण्डले भाइरस र प्रोटीनको एकीकरणलाई कमजोर पारेर औषधीको रुपमा कार्य गर्नसक्ने विश्वविद्यालयका अनुसन्धानकर्ताले बताएका छन् । यो औषधि विज्ञान तथा नवीन फार्मास्यूटिकल विकासमा महत्वपूर्ण कार्य रहेको दाबी उनीहरुको छ ।
भौतिकशास्त्रका प्राध्यापकले गरेको वैज्ञानिक अनुसन्धान, कोभिड १९ को विषयमा गरेको सिफारिस तथा नतिजाहरुलाई कार्यान्वयनमा ल्याउन पनि सरकारसमक्ष आग्रह गरेका छन्।