वैद्यखानामा बन्द भयो औषधि उत्पादन, कच्चा पदार्थ अभाव र कर्मचारीको असहयोग

फाल्गुन २०, २०८१ |कान्तिपुर टीभी संवाददाता
वैद्यखानामा बन्द भयो औषधि उत्पादन, कच्चा पदार्थ अभाव र कर्मचारीको असहयोग

काठमाडौं । कच्चा पदार्थ अभाव भएपछि आयुर्वेदिक औषधि उत्पादन गर्ने सरकारको एक मात्र संस्था सिंहदरबार वैद्यखाना विकास समितिले औषधि उत्पादन नै बन्द गरेको छ ।

पछिल्लो समय ५ प्रकारका औषधि उत्पादन गर्दै आएको सिंहदरबार वैद्यखाना विकास समितिले अहिले कुनै पनि औषधि उत्पादन गर्न छाडेको हो । समितिका अनुसार उत्पादन भएकै सिलाजित प्याकिङ्ग गर्न समेत डब्बाको अभाव छ । कच्चा पदार्थदेखि आवश्यक सामग्री एउटै सप्लायर्सले ठेक्का पाउने र ठेक्का पाएपछि सामान समयमा नदिँदा समस्या भएको वैद्यखानाका  हो । सप्लायर्ससँगै कर्मचारीले काम नगर्ने र सरकारले पनि चासो नदिँदा औषधि उत्पादन गर्न नसकिएको समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले बताउनु भयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने सिंहदरबार वैद्यखानाको अवस्थाबारे जानकारी रहेको र समस्या समाधान गर्न गृहकार्य भइरहेको जनाउनु भयो ।

सिंहदरबार वैद्धखाना विकास समितिको इतिहास ४ सय वर्षभन्दा लामो छ । यहाँबाट कुनै बेला १ सय ५० प्रकारका औषधि उत्पादन हुने गरेका थिए । तर, राजनीतिक हस्तक्षेप र असहयोगका कारण वैद्यखाना अहिले कुनै पनि औषधि उत्पादन गर्न नसक्ने अवस्थामा पुगेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement