काठमाडौं । नेपालमा थप एक जनामा एमपक्सको संक्रमण पुष्टि भएको छ ।
साउदी अरेबियाबाट आएका एक युवकलाई एमपक्स संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेले जानकारी दिनुभएको हो । शंका लागेपछि उहाँको स्वाव परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।
उहाँको अहिले शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा उपचार भइरहेको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य छ । अहिलेसम्म नेपालमा ३ जनामा एमपक्स संक्रमण पुष्टि भएको छ ।