चिसो बढेसँगै डेंगी संक्रमणमा कमी

मंसिर १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
चिसो बढेसँगै डेंगी संक्रमणमा कमी

काठमाडौं । चिसो बढेसँगै लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणमा कमी आएको छ । अघिल्लो महिनाको तुलनामा यो महिना संक्रमित घटे पनि पूर्ण नियन्त्रणमा भने नआएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

अघिल्लो महिना अर्थात् अक्टोबरमा देशभर १० हजार ९ सय १५ जनामा डेंगी संक्रमण पुष्टि भएको थियो । तर नोभेम्बरमा ४६ सय ७ जनामा संक्रमण देखिएको हो ।

चिसो बढेपछि पहाडि र हिमाली जिल्लामा संक्रमणमा कमी आएपछि तराईका जिल्लामा भने अझै संक्रमण देखिइरहेको छ ।

यो वर्ष नेपालमा ३४ हजार ९० जनामा डेंगीको संक्रमण पुष्टि भएको छ । संक्रमणकै कारण १३ जनाको मृत्यु भइसकेको छ । हुम्लाबाहेकका ७६ वटा जिल्लामा यस वर्ष डेंगीका संक्रमित भेटिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement