बागलुङमा भएको निःशुल्क आँखा शिविरमा ११ सय जनाले पाए उपचार

मंसिर ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
 बागलुङमा भएको निःशुल्क आँखा शिविरमा ११ सय जनाले पाए उपचार

बागलुङ । बागलुङको बुर्तिबाङमा भएको निःशुल्क आँखा शिविरमा एक हजार एक सय जनाले उपचार गराएका छन् ।

शिविरबाट ढोरपाटन नगरपालिका, निसीखोला, तमानखोला र बडिगाड गाउँपालिकाका नागरिकले सेवा लिएका हुन् । आँखाका बिरामीले स्थानीयस्तरमा नै शिविर मार्फत उपचार गराउन पाएपछि राहत महसुस गरेका छन् ।

बिरामीको आँखा उपचारसँगै ७४ जनाको मोतियाविन्दुको शल्यक्रिया समेत गरिएको छ । उपचार गराउन आउनेमा अधिकाशं जेष्ठ नागरिक रहेका थिए ।

ताकम फाउन्डेसन नेदरल्याण्डसको सहयोगमा नेपाल नेत्र ज्योति संघ, हिमालय आँखा अस्पताल पोखरा, धौलागिरि आँखा अस्पताल बागलुङको प्राविधिक सहयोग र ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटनको सहकार्यमा शिविर संचालन गरिएको थियो ।

शिविर तीन दिनसम्म संचालन गरिएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement