मेडिसिटी अस्पतालमा पक्षघात युनिट स्थापना

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
मेडिसिटी अस्पतालमा पक्षघात युनिट स्थापना

काठमाडौं । ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा स्ट्रोक अर्थात पक्षघात युनिट स्थापना गरिएको छ ।

पक्षघातका बिरामीलाई एउटै छातामुनी सबै उपचार गर्ने उदेश्यले विश्व पक्षघात दिवसको अवसर पारेर ६ शैय्याको स्ट्रोक यूनिट सञ्चालनमा आएको हो । आकस्मिक, आईसीयूदेखि पुनर्स्थापनासम्मको सेवा दिइने अस्पतालले जनाएको छ ।

समयमै अस्पताल आएमा पक्षघातका बिरामीमा हुनसक्ने जोखिम कम गर्न सकिने चिकित्सकहरुले बताएका छन् । नेपाल मेडिसिटी अस्पतालमा यसअघि पनि पक्षघातको उपचार हुँदै आएको छ । युनिट सुरु भएसँगै पक्षघातको रोकथाम तथा उपचारका लागि महत्वपूर्ण उपलब्धि हुने अस्पतालले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement