अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाएका २५ जना बिरामी परेका छन् । 

सन्धिखर्क नगरपालिका-१ तारामार्गका स्थानीयले देउराली पूजाको प्रसाद खाएका २५ जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्रबहादुर मल्लले बताउनु भयो।

बिरामीहरूमा झाडापखाला, बान्ता ,उच्च ज्वरो, शरीर दुख्ने लक्षण देखिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले बताउनु भयो ।

आइतबार रातिदेखि बिरामी परेका उनीहरू हिजो दिउँसो उपचारका लागि अर्घाखाँची अस्पताल गएका थिए । फुड पोइजनको कारण बिरामी परेको डाक्टर तिवारीको भनाइ छ ।

बिरामीहरू मध्ये २० जनाको अर्घाखाँची अस्पताल, ४ जनाको ओम पोलि क्लिनिक र १ जनाको अर्घाखाँची हस्पिटलमा उपचार भइरहेको अर्घाखाँची प्रहरी प्रमुख मल्लको भनाइ छ ।

घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । बिरामी मध्ये १८ पुरुष ७ जना महिला रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement