आज विश्व पोलियो दिवस मनाइँदै

कार्तिक ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
आज विश्व पोलियो दिवस मनाइँदै

काठमाडौं । आज विश्व पोलियो दिवस । नेपालमा पनि पोलियो उन्मुलनप्रति सचेतना जगाउने कार्यक्रमहरु गरी विश्व पोलियो दिवस मनाइँदै छ ।

यसै अवसरमा आज बिहान रोटरी क्लबले ललितपुरको जावलाखेलबाट काठमाडौंको टुँडिखेलसम्म साइकल र्‍याली निकालेर पोलियोप्रति जागरुक हुन र समयमै आफ्ना बालबाललिकालाई पोलियो थोपा खुवाउन अभिभावकलाई आह्वान गर्‍यो ।

अक्टोबर २४का दिन संसारभर विश्व पोलियो दिवस मनाउने गरिन्छ । यस दिन पोलियो उन्मुलनका लागि सचेतना जगाउने काम गरिन्छ । पोलियो उन्मुलनका लागि वर्ष २०२४ लाई एक विशेष वर्षका रुपमा हेरिएको छ । 

युद्धग्रस्त गाजामा पोलियो भाइरसको टाइप टू भेरिएन्ट देखा परेको विषयले विश्वको ध्यान आकृष्ट गरेको छ । विश्वको कुनै एक देशमा पनि पोलियो देखा पर्नुको अर्थ सबै देशहरु पोलियोको खतरामा छन् भन्ने हो ।

पोलियो विरुद्धको खोपका कारण पाकिस्तान र अफगानिस्तान बाहेक विश्वका अन्य देशमा वाइल्ड पोलियो भाइरसको संक्रमण रोकिएको छ । यद्यपि खोप दर न्यून भएका केही क्षेत्रमा यदाकदा पोलियोका भेरिएन्टहरु भने देखिने गरेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.