पाल्पामा डेंगी संक्रमितको संख्या २ सय ८६ पुग्यो

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाल्पामा डेंगी संक्रमितको संख्या २ सय ८६ पुग्यो

पाल्पा । पाल्पामा डेंगी संक्रमितको संख्या २ सय ८६ पुगेको छ । संक्रमण ह्वात्तै बढेपछि नियन्त्रणका लागि स्वास्थ्य कार्यालय पाल्पाले तानसेन बजार क्षेत्रमा खोज र नष्ट अभियान सुरु गरेको छ ।

शुक्रबार तानसेनका ग्यारेज रहेका स्थल, बसपार्क, टुँडिखेल, बारुदखानलगायतका स्थानमा खोज र नष्ट गर अभियान चलाइएको हो । तानसेनमा सञ्चालित ग्यारेज, कवाडी सङ्कलन गर्ने स्थल, वर्कसपलगायतका स्थानमा टायर तथा ड्रममा पानी जमेको भेटिएको र लामखुट्टेका लार्भा फेला पारि नष्ट गरिएको छ ।

स्थानीय तहले सबै वडाका स्वास्थ्य चौकीमार्फत अभियान सञ्चालन गर्ने गरी कार्यक्रम अघि बढाइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सफा पानी जम्न नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन सबैलाई सचेत गर्ने गरी कार्यक्रम अघि बढेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement