झापामा पूजाको प्रसाद खाएका ८० जनालाई ‘फुडपोइजन’

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
झापामा पूजाको प्रसाद खाएका ८० जनालाई ‘फुडपोइजन’

झापा । झापाको अर्जुनधारास्थित एक घरमा पूजाको प्रसाद खाएर बिरामी परेकाहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक किटाणु भेटिएको छ ।

भद्रपुर प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गरिएको ३० वटा नमुनामध्ये १२ वटामा यो किटाणु फेला परेको हो । यो किटाणुले फुडपोइजन नगराउने भएकाले अन्य परीक्षणका लागि नमूना प्रदेश राजधानी विराटनगर पठाइएको छ ।

प्रसाद खाएकामध्ये ८० जनामा फुडपोइजनको समस्या देखिएको थियो । अस्पताल आएका बिरामीमध्ये थप उपचारका लागि ३३ जनालाई भद्रपुर प्रादेशिक अस्पताल र एक जनालाई विर्तासिटी अस्पताल विर्तामोडमा रेफर गरिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement