बाँकेको नरैनापुरमा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु

भाद्र १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बाँकेको नरैनापुरमा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु

काठमाडौं । बाँकेको नरैनापुरमा उच्च ज्वरोका कारण ४ जनाको मृत्यु भएको छ । उनीहरुमा सामान्य झाडापखाला टाउको दुख्ने जोरो आउने लक्षण देखिएको स्वास्थ्य शाखाका प्रमुख शाहले जानकारी दिनुभयो ।

नरैनापुर गाँउपालिका- ३ मा एउटै घरका ३ जना र अन्य एक जना सहित ४ जनाको मृत्यु भएको हो ।

उनीहरू मध्ये २ जना भारतबाट उपचार गरि फर्केपछि र बाँकी दुईजनाको नरैनापुरमा उपचार गर्दा गर्दै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले जानकारी दिनु भयो । मृतक सबैमा उच्च ज्वरो आएको थियो ।

मृत्यु हुनेमा ३६ वर्षीय उषादेवी पासवान, १ वर्षीय नन्दनी पासवान, ७२ वर्षीय शान्ति देवी र १२ वर्षीय सुखिया अलिशेष रहेका छन् । उषा र शान्तिको १४ गते र नन्दनी र सुखियाको आईतबार मृत्यु भएको पुष्टि भएको छ ।

 अन्य १५ जनाको अवस्था पनि गभ्भिर रहेको बताइएको छ । उनीहरुमा अन्यरोगको संक्रमण पनि हुन सक्ने अनुमान गरिएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement