बिरामी भक्तपुर अस्पताल

भाद्र ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
बिरामी भक्तपुर अस्पताल

भक्तपुर । २०७२ सालको भुकम्पले क्षति पुर्‍याएको भक्तपुर अस्पतालको जीर्णोद्धार अझै हुन सकेको छैन । आम सर्वसाधारणलाई गुणस्तरिय उपचार दिनुपर्ने अस्पताल आफै विरामी अवस्थामा पुगेको लामो समय भएको छ । जीर्ण भवनबाटै अस्पतालले जोखिम मोलेर स्वास्थ्य सेवा दिने गरेको छ ।

अस्पतालको पुरानो भवन रेक्टोफिटिङ्ग गर्ने र अर्को नयाँ भवन बनाउने ठेक्का रविना किरातेश्वर जेभिले लिएको थियो । तर ठेकेदार कम्पनीले नयाँ भवन निर्माणमा गुणस्तरहीन काम गरेपछि पुरानो भवनको रेक्टोफिटिङ्ग कार्य पनि हालसम्म नगरेको अस्पताल प्रशासनले जनाएको छ ।

सन २०२२ अक्टोवरमा उक्त ठेकेदार कम्पनीको म्याद सकिएकाले सम्झौता रद्ध गर्ने तयारी अस्पतालको छ । अस्पतालको पुरानो भवन पुनर्निर्माण गर्न बेलायत सरकारले ५७ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने अस्पतालले जनाएको छ ।

बागमति प्रदेश सरकारले तीन सय शैयामा स्तरोउन्नति भएको अस्पतालमा ठाँउ अभावमा सेवा विस्तार गर्न नसकिएको अस्पतालको भनाई छ । ठाँउ अभावमा प्रदेश सरकारले दिएको सिटिस्क्यान मेसिन समेत ल्याउन नसकिएको अस्पतालले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement