गुल्मीमा जङगली च्याउ सेवनबाट एकै घरका ८ जना बिरामी

श्रावण २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गुल्मीमा जङगली च्याउ सेवनबाट एकै घरका ८ जना बिरामी

गुल्मी । गुल्मीमा जङगली च्याउ खाएर एकै घरका ८ जना बिरामी परेका छन् । 

जिल्लाको रेसुङ्गा नगरपालिका-८ निवासी ६५ वर्षीय टोम बहादुर थापा, ६२ वर्षिया दिल कुमारी श्रीस, ३८ वर्षिय लक्ष्मण थापा, २९ वर्षिय बिकास थापा, १० वर्षिया दिपदिका थापा, १२ वर्षिया बिनिसा थापा, ४२ वर्षिय सृजना काउछा र ३९ वर्षिया गिता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले बताउनुभयो ।

जिल्लाको रेसुङ्गा सामुदायिक वनबाट ल्याएको डल्ले च्याउ जस्तो देखिने जङगली च्याउ खादा बिरामी परेका थिए । विरामीको जिल्ला अस्पताल तम्घास गुल्मीमा सामान्य उपचार पश्चात थप उपचारको लागि लुम्बिनि मेडिकल कलेज प्रभास पाल्पा लगिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बिरामी परेका ८ जनाको अवस्था सुधार हुँदै गएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement