पाठेघर फुटेर शिशुको मृत्युपछि सिकिस्त सुत्केरीको हेलिकोप्टरबाट उद्धार

श्रावण २७, २०८१ |दीपेन्द्र शाक्य
पाठेघर फुटेर शिशुको मृत्युपछि सिकिस्त सुत्केरीको हेलिकोप्टरबाट उद्धार

संखुवासभा । पाठेघर फुटेर गर्भमा रहेको शिशुको मृत्यु भएपछि जिल्ला अस्पताल संखुवासभाबाट आइतबार सुत्केरी महिलालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोजपुर षडानन्द-५ की ३३ वर्षीया नानीमैया मगरलाई  सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला अस्पताल संखुवासभाका डा. प्रदीप श्रीवालका अनुसार आइतबार बिहान ६ बजेदेखि अत्याधिक रक्तस्राब भई बिरामीको पाठेघर फुटेपछि गर्भमा रहेको शिशुको मृत्यु भएको थियो । 

जिल्लामा थप उपचार सम्भव नभएपछि मगरलाई दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि हवाई उद्धार कार्यविधि अनुसार उद्धार गरिएको स्वास्थ्य कार्यालयका सुरक्षित मातृत्व प्रमुख भवानी तिम्सिनाले बताउनु भयो । मगरलाई थप उपचारका लागि काठमाडौंको प्रसूती गृहमा लगिएको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement