धनगढीमा थप २ जनामा हैजा संक्रमण

श्रावण १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
धनगढीमा थप २ जनामा हैजा संक्रमण

धनगढी । धनगढीमा थप दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

धनगढी उपमहानगरपालिका १, बस्ने ६ र ८ वर्षका दुई बालकमा हैजा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य अधिकृत आशुतोष श्रेष्ठले जानकारी दिनुभयो ।

थप चार जनाको रिपोर्ट आउन भने बाँकी छ । यसअघि सोही टोलका दुई जनामा हैजा संक्रमण देखिएको थियो । दुवैजना उपचारपछि घर फर्किएका छन् ।

जनस्वास्थ्य अधिकृत श्रेष्ठका अनुसार हैजा संक्रमण देखिएका बस्तीमा थप परीक्षणको दायरा बढाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.