ललितपुरका एक बालकमा हैजा पुष्टि

श्रावण ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ललितपुरका एक बालकमा हैजा पुष्टि

काठमाडौं । ललितपुरका एक बालकमा हैजा पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा परीक्षण गर्दा ललितपुरको एक पुन:स्थापना केन्द्रमा बस्ने १६ वर्षीय बालकमा हैजा पुष्टि भएको हो ।

ती बालकको काठमाडौंको टेकु अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका अनुसार अहिले उनको स्वास्थ्य सुधारोन्मुख छ । सोही केन्द्रमा रहेका अर्का एक व्यक्तिमा पनि झाडापखालाको लक्षण देखिएर टेकु अस्पतालमै उपचार भइरहेको छ ।

उनको स्वास्थ्य परीक्षणको रिपोर्ट भने आएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजाको प्रकोप अन्य स्थानमा फैलिन नदिन पुन:स्थापना केन्द्र सिल गरेको छ । केन्द्रमा बस्ने सबैको स्वास्थ्य परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement