काठमाडौंको ढलमा भेटिएको पोलियो भाइरसको जोखिम कति, के गर्दै छ सरकार ?

श्रावण ६, २०८१ |कृपाल गौतम
काठमाडौंको ढलमा भेटिएको पोलियो भाइरसको जोखिम कति, के गर्दै छ सरकार ?

काठमाडौं । काठमाडौंको ढलमा टाइप थ्री पोलियो भाइरसको संक्रमण पत्ता लागेसँगै सरकारले विशेष पोलियो खोप सञ्चालन गर्ने भएको छ ।

मुखबाट खाने पोलियोको थोपा पाएका बालबालिकाहरुबाट निष्क्रिय भाइरस जसले संक्रमण गराउँदैन त्यो दिसाको माध्यमबाट ढलमा देखिनु सामान्य नै भए पनि जेठ १३ गते काठमाडौंको टुकुचा र बागमती खोलाको संगमबाट लिइएको नमुनामा भाइरसको परिवर्तित स्वरुप देखिएकाले थप सतर्कता अपनाइएको सरकारको भनाइ छ ।

स्वास्थ्य सेवा विभागका अनुसार अहिलेसम्म कोही पनि बालबालिकामा संक्रमण देखिएको छैन । अहिले देखिएको टाइप थ्री भाइरस संक्रमणको जोखिम कम हुने भए पनि सरकारले काठमाडौंका तीनवटै जिल्लामा खोप पाएका र नपाएका पाँच वर्षमुनिका सम्पूर्ण बालबालिकालाई ९ देखि १२ गतेसम्म विशेष पोलियो खोप अभियान सञ्चालन गर्न लागेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल बताउनुहुन्छ ।

यो अभियानमा दुई लाख ८० हजार बालबालिकालाई समेट्ने सरकारको लक्ष्य छ । यो विषयमा के भन्नुहुन्छ डा. विवेककुमार लाल ?

विस्तृत भिडियोमा :


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।