बर्खासँगै संखुवासभामा भाइरल ज्वरोको प्रकोप बढ्यो

श्रावण ४, २०८१ |दीपेन्द्र शाक्य
बर्खासँगै संखुवासभामा भाइरल ज्वरोको प्रकोप बढ्यो

संखुवासभा । बर्खासँगै संखुवासभा अस्पतालमा भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोको बिरामी बढेसँगै सरकारी र निजी अस्पतालमा बिरामीको चाप पनि बढेको छ ।

पछिल्लो समय जिल्ला अस्पतालमा आउने अधिकांश बिरामीमध्ये भाइरल ज्वरो र झाडापखालाका बिरामी धेरै रहेको अस्पतालले जनाएको. छ । भाइरल ज्वरोका बिरामी अस्पताल आउने क्रम बढ्दै गएको अस्पताल प्रशासनले जनाएको छ ।

धेरै बिरामीलाई औषधि दिएर पठाउने गरे पनि केही बिरामी बेडमै राखेर उपचार गर्नुपरेको छ । खाँदबारी नगरपालिकाले सरुवा रोग, डेंगी र स्क्रबटाइफसबारे जनचेतनामूलक कार्यक्रम गरिरहेको निमित्त प्रशासकीय अधिकृत लवहाङ राईले जानकारी दिनुभयो ।

यो समयमा मौसमी हावापानीका कारण सधैं भाइरल ज्वरोको समस्या आउने गरेको चिकित्सकको भनाइ छ । दूषित पानी र धुवाँधुलोका कारण पनि भाइरल ज्वरो आउनसक्ने भएकाले त्यसबाट सुरक्षित रहन चिकित्सकको सुझाव छ ।

जिल्ला अस्पतालमा मात्र नभएर अन्य स्वास्थ्य संस्थाहरुमा पनि ज्वरोको बिरामी उत्तिकै छ । ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्नेजस्ता समस्या धेरैमा देखिएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।


Enter Kantipur TV HD
Advertisement