चुरोटमा प्रयोग हुने नशालु पदार्थको उत्पादन, आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन

श्रावण ३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चुरोटमा प्रयोग हुने नशालु पदार्थको उत्पादन, आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन

काठमाडौं । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चुरोटमा प्रयोग हुने नशालु पदार्थको उत्पादन, आयात र प्रयोगमा रोक लगाउन सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज बसेको बैठकले चुरोटमा प्रयोग हुने फ्लेभर, क्याप्सुल तथा ट्याब्लेटजस्ता नशालु पदार्थले मानव स्वस्थ्यमा गम्भीर असर पारेको भन्दै रोक लगाउन सरकारलाई निर्देशन दिएको सभापति अब्दुल खानले जनाउनुभयो ।

बैठकले खैनी, गुट्खा र सुर्ती उद्योगले गत दुई आर्थिक वर्षका गरेको आयात र उत्पादनको विवरणसमेत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement