बीएन्डबी अस्पतालमा पाखुरासम्बन्धी उपचारबारे तीन दिने सम्मेलन

५ देशका चिकित्सकहरु सहभागी
असार २२, २०८१ |कान्तिपुर टीभी संवाददाता
बीएन्डबी अस्पतालमा पाखुरासम्बन्धी उपचारबारे तीन दिने सम्मेलन

काठमाडौं । ललितपुरको बीएन्डबी अस्पतालले आर्थोस्कोपी प्रविधिबाट पाखुरासम्बन्धी उपचार कसरी गर्न सकिन्छ भनेर तीन दिने सम्मेलन आयोजना गरेको छ ।

आर्थोस्कोपी अर्थात् दुर्बिनबाट पाखुराका रोगहरुको शल्यक्रिया गरी कसरी उपचार गर्न सकिन्छ भन्ने विषयमा ३ दिने सम्मेलन गरिएको हो । सम्मेलनमा ५ देशका चिकित्सकहरुले यो उपचार पद्धतिका बारेमा अनुभव तथा जानकारी आदानप्रदान गर्नेछन् ।

बीएन्डबी आर्थोस्कोपी कोर्सले भविष्यमा पाखुराको उपचारमा सहज हुने विश्वास सहभागीहरुले लिएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement