बिरामीले उपचार गर्न भनसुन गर्नुपर्ने बाध्यता छ : स्वास्थ्यमन्त्री यादव

असार १७, २०८१ |कान्तिपुर टीभी संवाददाता
बिरामीले उपचार गर्न भनसुन गर्नुपर्ने बाध्यता छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले बिरामीले उपचार गर्न अझै भनसुन गर्नुपर्ने बाध्यता रहेको स्वीकार गर्नुभएको छ । उहाँले स्वास्थ्य संस्थाहरुको अभाव हटाउन र सहज औषधि उपलब्ध गराउनसमेत नसकेको स्वीकार गर्नुभयो ।

स्वास्थ्य मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री यादवले नेपालमा स्वास्थ्य क्षेत्रमा धेरै समस्या रहेकाले जनतामा निराशा बढेको बताउनुभएको हो । उहाँले अस्पतालका फार्मेसीमा औषधिको अभाव हुने, शल्यक्रियाका लागि लामो पालो पर्खनुपर्ने, शय्या नपाउनेलगायत समस्या पनि देखिएको बताउनुभयो ।

मन्त्री यादवले सिंहदरबार वैद्यखानालाई सबल बनाउने, आवश्यकताका आधारमा कर्मचारी सरुवा गर्ने र राष्ट्रिय औषधि प्रयोगशालाको स्तरोन्नति गर्ने योजना बनाएको जानकारीसमेत दिनुभयो ।

मन्त्री यादवले निजी अस्पतालहरुले कुल शय्याको १० प्रतिशत विपन्न बिरामीका लागि छुट्याएर त्यसमा लाग्ने सम्पूर्ण उपचार खर्चसमेत नि:शुल्क दिनुपर्ने नीति भए पनि शय्या मात्र पाइने बुझाइले लक्षित वर्ग नै निजीमा उपचार गर्न नजाने गरेको बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement