मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीलाई छात्रावासमै बन्धक बनाएको अभिभावकको दाबी

असार १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थीलाई छात्रावासमै बन्धक बनाएको अभिभावकको दाबी

सिराहा । सिरहाको मिर्चैया हेल्थ नर्सिङ क्याम्पसले विद्यार्थी र अभिभावकसँग गर्दै आएको अवैध असुलीको पर्दाफास भएपछि क्याम्पसले विद्यार्थीलाई छात्रावासमै बन्धक बनाएको अभिभावकले दाबी गरेका छन् ।

मिर्चैया हेल्थ नर्सिङ क्याम्पसमा तीन वर्षे नर्सिङ पहिलो र दोस्रो वर्षमा गरी ७८ छात्रा  अध्ययनरत छन् । सिरहास्थित प्रादेशिक अस्पताल र मिर्चैया अस्पतालमा प्रयोगात्मक अभ्यास गर्दै आइरहेका उनीहरुलाई दुई दिनयता अस्पताल जान पनि दिइएको छैन । 

हरेक साता शुक्रबार र शनिबार विद्यार्थीलाई मोबाइल दिने गरेकोमा मोबाइलसमेत नदिइएको र अभिभावकसँग कुरा गर्न रोक लगाएको एक अभिभावकको भनाइ छ । 

क्याम्पस प्रमुख भावना साहले क्याम्पसको आन्तरिक विषय भन्दै यसबारे प्रतिक्रिया दिन अस्वीकार गर्नुभयो । कान्तिपुर टेलिभिजनले बुधबार समाचार प्रसारण गरेपछि संसदमा समेत यो विषय उठिसकेको छ । सीटीईभीटीले पनि क्याम्पससँग स्पष्टीकरण सोधेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement