स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाइएको छ : स्वास्थ्यमन्त्री यादव

असार ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य जनशक्ति थप गर्न प्रक्रिया अघि बढाइएको छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं । स्वास्थ्य तथा  जनसङ्ख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि प्रक्रिया अघि बढाइएको बताउनुभएको छ ।

बुधवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा संसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । ‘मैले मन्त्री भएकै दिन स्वास्थ्य जनशक्ति थप्नुपर्छ भनेर निर्णय गरेँ र त्यसको लागि प्रक्रियाहरू अगाडि बढाएका छौँ,’ उहाँले भन्नु भयो ।

उहाँले जनशक्ति थप गर्नका लागि आफूले अर्थ मन्त्रालयमा दरबन्दी बढाउने गरी संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)को कामलाई अघि बढाएको बताउनु भयो । मन्त्री यादवले स्वास्थ्य जनशक्ति थप गर्नका लागि सांसदहरूको दबाब आवश्यक रहेको पनि बताउनु भयो ।

मन्त्री यादवले सरकारी अस्पतालहरूमा सहज र सुलभ गुणस्तरीय सेवाका लागि आफूले अनुगमनको कामलाई कडाइका साथ अघि बढाएको दाबी समेत गर्नुभयो 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement