दैलेखका स्वास्थ्य संस्थामा छैनन् दरबन्दीअनुसारका जनशक्ति, बिरामीलाई सास्ती

वैशाख २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
दैलेखका स्वास्थ्य संस्थामा छैनन् दरबन्दीअनुसारका जनशक्ति, बिरामीलाई सास्ती

दैलेख । दैलेखका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार जनशक्ति नहुँदा भएका उपकरण पनि प्रयोग हुनसकेका छैनन् । जसका कारण बिरामी मर्कामा परेका छन् ।

दैलेखका ११ वटा स्थानीय तहका स्वास्थ्यसस्थामा दरबन्दीअनुसार चिकित्सक र अन्य जनशक्ति छैनन् । जसका कारण खरिद गरिएका उपकरण पनि यत्तिकै थन्किएका हुन् । अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा यहाँका बासिन्दा उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको नारायण नगरपालिका ६ का रजबहादुर सिंह बताउनुहुन्छ ।

जिल्ला अस्पताल दैलेखमा बिरामी राख्न भवन अभाव, दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुनु उपकरण पर्याप्त नहुँदा सेवा प्रवाह गर्न असहज भएको स्त्रीरोग विशेषज्ञ डा. धर्मराज रेग्मी बताउनुहुन्छ ।

सरकारले पालिकास्तरमा स्थापना गरेका अस्पतालको व्यवस्थापनमा चासो नदिँदा नागरिकले त्यसको उचित लाभ लिन नसकेका हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.