काठमाडौंमा स्वास्थ्य सम्मेलन, ६ विषयमा बहस हुने

वैशाख २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
काठमाडौंमा स्वास्थ्य सम्मेलन, ६ विषयमा बहस हुने

काठमाडौं । ‘स्वस्थ नेपाल निर्माणको अग्रसरता : सरकारी, सामुदायिक र निजी क्षेत्र सबैको सहभागिता’ भन्ने मूल नारासहित काठमाडौंमा यही वैशाख ३१ गते नेपाल स्वास्थ्य सम्मेलन हुने भएको छ ।

सम्मेलनले स्वास्थ्य क्षेत्रका चुनौती र आवश्यकताको पहिचानसहित परिपूर्तिको आधारलाई पहिल्याउँदै भविष्यको मार्गचित्र तयार पार्ने जनाइएको छ । सम्मेलनमा मौलिक जीवनशैलीमा स्वास्थ्यको परिदृष्य र पर्यटनको अवसर, जलवायु परिवर्तनका कारण दबाबमा जनस्वास्थ्य, स्वास्थ्य बिमा कार्यक्रमको चुनौती र अवसर, नसर्ने रोगको जोखिमविरुद्ध रणनीतिलगायतका ६ वटा विषयमा बहस हुने आयोजक विशाल घोषले बताउनुभयो ।

नेपाल स्वास्थ्य सम्मेलनको पहिलो संस्करण २०७७ चैतमा गरिएको थियो । सञ्चारकर्मीहरुको समूह त्रिकल प्रोडक्सनको आयोजनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, विश्व स्वास्थ्य संगठन, कान्तिपुर मिडिया ग्रुपलगायत निकायको सहजीकरणमा नेपाल स्वास्थ्य सम्मेलन हुन लागेको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.