बागमती प्रदेशमा एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु

चैत्र ८, २०८० |कान्तिपुर टीभी संवाददाता
बागमती प्रदेशमा एचपीभी खोपको दोस्रो मात्रा दिन सुरु

काठमाडौं । सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको छ ।

आजबाट बागमती प्रदेशमा सरकारले बागमती प्रदेशमा दोस्रो मात्राको पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन सुरु गरेको हो । जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइएको छ ।

एचपीभीका जीवाणुका दुई सय बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.