काठमाडौं । पाठेघरको मुखको क्यान्सरको परीक्षण र रोकथामका लागि देशव्यापी सचेतना अभियान सुरु भएको छ ।
एनसेल, मेरी स्टोप्स इन्टरनेशनल नेपाल र अस्ट्रेलिया सरकारको वैदेशिक मामिला विभागको सहयोगमा अभियान घोषणा गरिएको हो । सचेतना अभियानअन्तर्गत ९ देखि ४९ वर्ष उमेर समूहका किशोरी तथा महिला लक्षित क्रियाकलाप सञ्चालन गरिनेछ ।
पाठेघरको मुखको क्यान्सर रोकथाम र खोपसम्बन्धी सचेतनामूलक गतिविधि तथा सञ्चार अभियान चलाइने पनि बताइएको छ । नेपालमा महिलाहरुमा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा पर्छ । सन् २०२२ मा मात्रै एक हजार ३१३ जना महिलाले पाठेघरको मुखको क्यान्सरका कारण ज्यान गुमाएका थिए ।