‘१३.९ प्रतिशतमा स्तन र १०.४ प्रतिशतमा फोक्सोको क्यान्सर’

मनाइयो विश्व क्यान्सर दिवस
माघ २१, २०८० |कान्तिपुर टीभी संवाददाता
‘१३.९ प्रतिशतमा स्तन र १०.४ प्रतिशतमा फोक्सोको क्यान्सर’

काठमाडौं । आज विश्व क्यान्सर दिवस । ‘बढ्दै छ चुनौती क्यान्सरको, पहुँच बढाऔं स्याहारको’ भन्ने नाराका साथ यो दिवस नेपालमा पनि विभिन्न कार्यक्रमका गरी मनाइएको छ ।

नसर्ने रोगको जोखिम बढिरहँदा नेपालमा पनि क्यान्सरका बिरामीको संख्या बढ्दै गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको हुने गरेको छ । नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी मानिसमा क्यान्सर पहिचान हुने गरेको छ । सन् २०२० मा क्यान्सरकै कारण नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको तथ्यांक छ । तर नेपालमा क्यान्सरबारे जनचेतनादेखि निदान र उपचारसम्म धेरै गर्न बाँकी रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्र मरासिनीको भनाइ छ ।

ग्लोबल क्यान्सर अब्जरभेटरीका अनुसार नेपालमा क्यान्सरका नयाँ बिरामी पत्ता लागेकामध्ये सबैभन्दा बढी १६.४ प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिने गरेको छ भने १३.९ प्रतिशतमा स्तन क्यान्सर हुने गरेको छ । यसैगरी १०.४ प्रतिशतमा फोक्सोको क्यान्सर देखिने गरेको छ । समयमै पहिचान भएमा क्यान्सर निको पार्न सकिन्छ । तर, पहिचानमै ढिलाइ हुँदा बिरामीलाई बचाउन गाह्रो हुने चिकित्सकहरु बताउँछन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.