उपयोगविहीन जस्तै बन्यो राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र

मंसिर ५, २०८० |कान्तिपुर टीभी संवाददाता
उपयोगविहीन जस्तै बन्यो राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्र

काठमाडौं । आयुर्वेद क्षेत्रको अध्ययन अनुसन्धानलाई प्राथमिकता दिने उद्देश्यले २०६८ सालमा स्थापना भएको थियो कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र । तर करोडौँ खर्चेर बनाइएको अनुसन्धान केन्द्र बजेट अभावको बहानामा उपयोगविहीनजस्तै बनेको छ ।

आयुर्वेद क्षेत्रमा उच्च सम्भावना रहेको भन्दै चीनले १० वर्ष अघि केन्द्र निर्माण गरिदिएको थियो । तर यहाँ वर्षमा मुस्किलले ४ वटासम्म मात्र अनुसन्धान हुने गरेको छ । बजेट, उपकरण तथा जनशक्ति अभावका कारण पर्याप्त अध्ययन अनुसन्धान हुन नसकेको केन्द्रका कार्यकारी निर्देशक रामआधार यादवको भनाइ छ । 

आफूहरूले गरेको अध्ययनले मधुमेह, बाथ, थाइराइडलगायत रोगमा राम्रो काम गर्ने देखिएको भए पनि उचित प्रचारप्रसार नहुँदा ती अध्ययन कागजमै सीमित हुन पुगेको अनुसन्धानकर्ताहरू बताउँछन् ।  

नेपालमा आयुर्वेदसम्बन्धी प्रशस्त सम्भावना हुँदाहुँदै पनि पर्याप्त अध्ययन अनुसन्धान तथा उत्पादन नहुँदा विदेशी औषधिमा निर्भर रहनुपरेको छ । नेपालमा भारत, चीनलगायतका देशबाट वार्षिक करिब ६ अर्बको आयुर्वेदिक औषधि आयात हुने गरेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.