मधेशका बजारमा विषादी मिसिएका आँप

जेष्ठ १८, २०८० |कान्तिपुर टीभी संवाददाता
मधेशका बजारमा विषादी मिसिएका आँप

जनकपुर । तराई मधेशका बजारहरुमा विषादी प्रयोग गरी पकाइएका आँप छ्यापछ्याप्ती बिक्री-वितरण भइरहेका छन् ।

व्यापारीहरुले नाफा कमाउन समयभन्दा अगावै कार्बाइड हालेर पकाएको आँप जनकपुरधाम, जलेश्वर, मलगंवा, गौर, कलैया, वीरगन्जलगायत बजारमा खुलेआम बिक्री-वितरण भइरहेका हुन् ।

सरोकारवाला निकायको कमजोरीका कारण विषादी प्रयोग गरी पकाइएका आँप समयअगावै बजारमा व्यापारीहरुले महँगो मूल्यमा बेचिरहेका छन् ।

एकातर्फ बढ्दो तापक्रमसँगै जनजीवन कष्टकर हुँदै गएको छ भने अर्कोतर्फ कार्वाइड, केमिकल लगायतका अत्याधिक बिषादी प्रयोग गरि जवरजस्ती पकाईएको आँपले सर्बसाधारणको स्वास्थ्यमा गम्भीर असर गर्ने चिकित्सक डा. रमणकुमार मिश्राको भनाइ छ ।

व्यापारीहरुले भारतसितको खुला सिमाका कारण सस्तोमा काँचो आँप नेपाल ल्याएर समय अगावै पकाएर बेच्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement