स्वास्थ्य स्वयंसेविकाको माग- सेवासुविधा बढाइयोस्

जेष्ठ ५, २०८० |कान्तिपुर टीभी संवाददाता
स्वास्थ्य स्वयंसेविकाको माग- सेवासुविधा बढाइयोस्

पाल्पा । स्थानीय तहमा बजेट बनाउन सुरु भएसँगै पाल्पाका १० वटै स्थानीय तहमा कार्यरत महिला स्वयंसेविकाहरुले आफ्ना सेवा सुविधा सम्बोधन गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

सबै स्थानीय तहमा स्वयंसेविकाको भेला बस्ने र नगर तथा गाउँपालिकाका प्रमुख तथा अध्यक्षलाई भेटेर मागका विषयमा जानकारी गराएका हुन् । महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले कामलाई प्रभावकारी ढंगले अघि बढाउन अहिले पाउँदै आएको यातायात वापत प्रोत्साहन रकममा वृद्धि गर्नुपर्ने माग राखेका छन् ।

प्रत्येक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्य बिमा निःशुल्क गर्नुपर्ने उनीहरुको माग छ भने अशक्त र उमेर हदका कारण सेवाबाट अवकाश लिनुपर्दा पेन्सनको व्यवस्था गर्न उनीहरुले माग गरेका छन् ।

सबै पालिकाका महिला स्वास्थ्य स्वयंसेविकाहरुको भेलाले स्वयंसेविकालाई जीवन बिमा गर्नुपर्ने, घरघरमा औषधि तथा स्वास्थ्य सामग्री राख्न दराजको व्यवस्था गर्नुपर्ने, स्वयंसेविकाको भ्रमण, तालिममा पाउने भत्ता रकमसमेत वृद्धि गर्न माग गरेका छन् । पाल्पाका १० पालिकाका ८१ वडाका साविकका नौवटै वडामा महिला स्वास्थ्य स्वयंसेविका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.