नियमित खोप छुटेका ५ वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

वैशाख ३१, २०८० |कान्तिपुर टीभी संवाददाता
नियमित खोप छुटेका ५ वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदै

काठमाडौं । नियमित खोप छुटेका पाँच वर्षमुनिका बालबालिकालाई आज खोप लगाइँदैछ ।

नियमित खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाइने स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्थामा लगेर छुट खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ । जन्मने बित्तिकै लगाइने बीसीजीका साथै ६ हप्ता, १० हप्ता, १४ हप्ता, ९ महिना, १२ महिना र १५ महिनामा लगाउनु पर्ने नियमित खोप छुटेकालाई आज खोप लगाउन लागिएको हो । यसअघि वैशाख १५ गते नियमित खोप लगाइएको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.