उपचारपछि ३० बालबालिका सुन्न र बोल्न सक्ने भए

वैशाख २९, २०८० |कान्तिपुर टीभी संवाददाता
उपचारपछि ३० बालबालिका सुन्न र बोल्न सक्ने भए

बागलुङ । बागलुङको धौलागिरि बहिरा आवासीय विद्यालयमा अध्ययनरत ३० बालबालिका उपचार पाएपछि कान सुन्न र बोल्नसक्ने भएका छन् ।

विद्यालयमा आयोजित स्वास्थ्य शिविरमा उपचार पाएपछि जन्मैदेखि कान नसुन्ने विद्यार्थीहरू कान सुन्ने र बोल्न थालेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष केबी राना मगरले जानकारी दिए ।

विद्यालयका दुई सय विद्यार्थीलाई ११ दिनसम्म कानको परीक्षण गरिएको थियो । उपचारपछि सुन्नसक्ने भएका बालबालिकालाई भाषा सिक्न र बुझ्न स्पिच थेरापी आवश्यक पर्ने विद्यालयले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.