पूजाको प्रसाद खाँदा एकै गाउँका २ सय बिरामी

चैत्र १४, २०७९ |सरिता चलाउने
पूजाको प्रसाद खाँदा एकै गाउँका २ सय बिरामी

सल्यान । पूजाको प्रसाद खाँदा सल्यानमा एकै गाउँका झन्डै दुई सयजना बिरामी परेका छन् ।

जिल्लाको बागचौर नगरपालिका ५, धारापानीस्थित बाहुनठानामा प्रेमबहादुर खत्रीको घरमा लगाइएको सत्यनारायणको पूजाको प्रसाद खाँदा झन्डै दुई सयजना बिरामी भएका हुन् । बिरामी भएकामा झाडापखाला, पेट दुख्ने, चक्कर लाग्ने, ग्यास बढ्ने समस्या देखिएको छ ।

फुड प्वाइजनका कारण बालबालिका, बुढाबुढी तथा युवा सबै बिरामी परेका छन् । बिरामी भएका सबैलाई उपचारका लागि बागचौर नगरपालिकाले घरमै पुगेर स्वास्थ्यकर्मीलगायत औषधिको व्यवस्था गरेको छ ।

बिरामी भएका सबै अहिले खतरामुक्त रहेको र केहीमा अलिक बढी समस्या देखिए पनि उनीहरु घरमै बसेर उपचार गराइरहेका बागचौर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । बिरामी भएका पाँच जनालाई स्वास्थ्य संस्थाबाट प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा पठाइएको छ । 


Image

सरिता चलाउने

चलाउने कान्तिपुर टेलिभिजन सल्यान संवाददाता हुन् ।