दैलेखमा सहज छैन सुरक्षित मातृत्व सेवा

फाल्गुन २४, २०७९ |चक्र भण्डारी
दैलेखमा सहज छैन सुरक्षित मातृत्व सेवा

दैलेख । देशका दुर्गम भेकमा सहज सुत्केरी सेवाको अभावमा कैयौं आमा कष्टकर जीवन बिताउन बाध्य छन् । कर्णाली प्रदेशमा त अस्पताल नै पुग्न नपाई सुत्केरी हुन नसकेर ज्यान गुमाउनुपर्ने अवस्था छ । अस्पताल पुगेकाले पनि उचित सेवा पाउँदैनन् ।

दैलेखको नारायण नगरपालिका ८ की विष्णु केसीलाई सुत्केरी व्यथाले च्याापेपछि अस्पताल पुर्याइयो । तर भर्नाका लागि सुत्केरी शय्या थिएन । पेटीमा बसेर पर्खनुपर्यो । अस्पतालले अन्ततः उनलाई भेन्टिलेटर कक्षमा राखेर सेवा दियो । जिल्ला अस्पतालमा प्रसूति सेवा सञ्चालन गरिए पनि पर्याप्त छैन । शय्याको अभावमा भुइँमै राख्नुपर्ने अवस्था छ ।

प्रसूति वार्डमा शय्याको अभाव भएपछि अस्पतालले तत्कालका लागि आईसीयू र एनआईसीयूमा राखेर सेवा दिइरहेको छ । सुत्केरी सेवा लिन आउनेको चापअनुसार सेवा र पूर्वाधार विस्तार गरिएको छैन ।

दुर्गम क्षेत्रका नागरिकले अझै पनि आधारभूत स्वास्थ्य सेवा पाउन सकेका छैनन् । तीमध्ये पनि महिलाको अवस्था दयनीय छ । सुरक्षित मातृत्व सेवा नपाउँदा कतिपयले सुत्केरी हुन नसकेर ज्यान गुमाउनुपर्ने बाध्यता छ । यस्तो अवस्था अन्त्यका लागि तीनै तहका सरकारले ध्यान दिनु जरुरी छ । 


Image

चक्र भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दैलेख संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement