
सुनसरी । नेपाली चलचित्र क्षेत्रमा याक्थुङ भाषाका चलचित्रहरूको योगदान, प्रवर्द्धन र सम्मान गर्ने उद्देश्यले दोस्रो संस्करणको 'याक्थुङ सिने अवार्ड आयोजना हुने भएको छ ।
आयोजक याक्थुङ चलचित्रकर्मी संघले सोमबार धरानमा पत्रकार सम्मेलन गरी याक्थुङ चलचित्रकर्मीहरूबीच आपसी सहकार्य बढाउँदै याक्थुङ कला-संस्कृतिलाई चलचित्रमार्फत विश्वसामु चिनाउने उद्देश्यसहित अवार्ड आयोजना गर्न लागिएको जनाएको छ ।
आयोजक संस्थाका अनुसार याक्थुङ चलचित्रहरूको प्रचार-प्रसार, बजारीकरण तथा कलाकार, निर्देशक र प्राविधिकलाई हौसला र प्रोत्साहन गर्ने उद्देश्यले अवार्डलाई निरन्तरता दिइँदै आएको हो । शनिबार धरानमा हुने अवार्ड कार्यक्रममा नेपालका प्रतिष्ठित कलाकारहरूको उपस्थिति रहने बताइएको छ ।