
काठमाडौं । अभिनेत्री प्रियंका कार्की होस्ट रहेको कुकिङ शो ‘सेलिब्रेटी किचन’ अब कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने भएको छ।
मंगलबार टेलिभिजनका प्रमुख सञ्चालक अधिकृत (सीओओ) सुरजसिंह ठकुरी र ‘सेलिब्रेटी किचन’का प्रोड्युसर महेश पोख्रेलबीच कान्तिपुर टेलिभिजनबाट कार्यक्रम प्रसारणका लागि सम्झौता भएको हो। सेलिब्रेटी किचन शोले कान्तिपुर टिभीसँग सम्झौता गरेको छ।
कार्यक्रम छिट्टै कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ। अहिलेसम्म कार्यक्रमका १७ एपिसोड खिचिसकिएको ‘सेलिब्रेटी किचन’का प्रोड्युसर पोख्रेलले बताउनुभयाे । कार्यक्रममा सेफ प्रकाश कटुवालको निर्देशनमा प्रियंकाले नेपालीदेखि विभिन्न विदेशी स्वादसम्मका परिकार बनाउनेहुने छ। कुकिङ शो भए पनि यसमा खाना बनाउने तरिकासँगै अतिथिहरूसँग जीवनशैली, खाने संस्कारलगायत विभिन्न विषयमा संवाद हुने जनाइएको छ।
अहिलेसम्म ३५ जना कलाकारलाई प्रियंकाले कार्यक्रममा अतिथि रूपमा बोलाइसक्नुभएकाे छ । मालिन मिडिया एन्ड इभेन्टको प्रोडक्सनमा तयार भइरहेको यो कार्यक्रमलाई २५ भन्दा बढी एपिसोडमा निर्माण गर्ने तयारी रहेको प्रोड्युसर महेशले जानकारी दिनुभयाे।