मिस नेपाल २०२५ का लागि आवेदन खुला

असार १०, २०८२ |कान्तिपुर टीभी संवाददाता
मिस नेपाल २०२५ का लागि आवेदन खुला

काठमाडौं । मिस नेपाल २०२५ का लागि आवेदन खुला गरिएको छ । आज ललितपुरमा पत्रकार सम्मेलन गरी आयोजक संस्था ‘द हिडेन ट्रेजर’ले मिस नेपाल २०२५ का लागि आवेदन खुला गरेको हो ।

प्रतियोगितामा सहभागी हुन आवेदन दिने म्याद असार २६ गतेसम्म रहेको छ । प्रतियोगितामा सहभागी हुन चाहने युवतीहरूको न्यूनतम उचाइ ५ फिट ३ इन्च हुनुपर्ने र उमेर १८ देखि २७ वर्षको बीचमा हुनपर्ने भनिएको छ ।

सहभागी हुन नेपाली नागरिकता अनिवार्य गरिएको छ । प्रतियोगिताबाट मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ, मिस नेपाल इन्टरनेशनल र मिस नेपाल कोस्मो गरी चार विधामा विजेता घोषणा गर्ने आयोजकले जनाएको छ ।

मिस नेपाल २०२५ को अन्तिम अडिशन असार २८ गते काठमाडौंमा हुनेछ । मिस नेपाल २०२५ को फिनाले आगामी भदौ १४ गते शनिबार गोदावरीस्थित सनराइज कन्भेन्शन सेन्टरमा हुने तय गरिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.