नारायण खतिवडाको गीत ‘स्वार्थी संसार’ सार्वजनिक

वैशाख ३१, २०८२ |कान्तिपुर टीभी संवाददाता
नारायण खतिवडाको गीत ‘स्वार्थी संसार’ सार्वजनिक

काठमाडौं । गीतकार नारायण खतिवडाको गीत ‘स्वार्थी संसार’ सार्वजनिक भएको छ । गीतमा वरिष्ठ संगीतकार लक्ष्मण शेषको संगीत र स्वरूपराज आचार्यको स्वर  छ । सामाजिक सन्देशलाई विषय बनाएको 'स्वास्थी संसार' बोलको गीतलाई डिजिटल प्लेटफर्म मार्फत सार्वजनिक गरिएको हो ।

गीतकार खतिवडाका यसअघि दर्जनौं गीत बजारमा आइसकेका छन् । खतिवडाको 'सम्झनाका पाइलाहरू' नामक गीतिसंग्रहसमेत प्रकाशित छ । 

गीत, कविता, मुक्तक जस्ता विधामा कलम चलाउने गीतकार नारायण खतिवडा सरकारी सेवामा कार्यरत हुनुहुन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.