
सिरहा । सिरहाको लहान नगरपालिकास्थित सलहेश फूलबारीमा हरेक वर्ष नयाँ वर्षकै दिन फुल्ने अनौठो सुनाखरीको फूल यसपालि फुलेको छ ।
फूलबारीको मध्यभागमा अवस्थित हारमको रूखमा सुनाखरी फूल फुलेको हो । नयाँ वर्षकै दिन फुल्ने सुनाखरी मंगलबार साँझबाट ओइलिएर जान्छ । यो फूललाई राजा सलहेश र उनकी प्रेमिका मालिनीको प्रतीकका रूपमा मानिन्छ ।
यो फूल हेर्न र पुजापाठ गर्न सलहेश फूलबारीमा मंगलबार बिहानैदेखि सर्वसाधारणको घुइँचो लागेको छ । यो मेला भर्न मुलुकका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट पनि एक लाख हाराहारीमा सर्वसाधारण आउने गरेका छन् ।