काठमाडौं । नेपाली रक ब्याण्ड ‘१९७४ एडी’ ले काठमाडौंमा प्रस्तुति दिने भएको छ । ब्याण्ड स्थापनाको ३० वर्ष पुगेको अवसरमा चैत २३ गते बौद्धस्थित हायात ग्राउन्डमा ब्याण्डले प्रस्तुति दिने भएको हो ।
मंगलबार पत्रकार सम्मेलन गर्दै ब्याण्डले यसबारे जानकारी दिएको हो । कन्सर्टका लागि टिकट मूल्य समेत निर्धारण गरिएको छ ।
साधारण तर्फ ९९९, फ्यानपिट एक हजार ८००, भीआइपि २५०० र भीभीआइपीतर्फ ८ हजार रूपैयाँ तोकिएको छ । इसेवामार्फत टिकट किन्न सकिने आयोजकले जनाएको छ ।