शिल्पी थिएटरमा नाटक 'अनिदा रात' मञ्चन

मंसिर १४, २०८१ |कान्तिपुर टीभी संवाददाता
शिल्पी थिएटरमा नाटक 'अनिदा रात' मञ्चन

काठमाडौं । शिल्पी थिएटरमा नाटक 'अनिदा रात' मञ्चन भएको छ । पवित्रा खड्काद्वारा निर्देशित नाटक भदौ २१ देखि असोज १७ गतेसम्म जाजरकोट र पश्चिम रुकुममा २६ स्थानमा देखाइएको थियो ।

एक वर्षअघि गएको विनाशकारी भूकम्पका कारण थलिएका परिवारको दिनचर्या नाटकमा प्रस्तुत गरिएको छ ।

रुक्मा धामीको जीवनमा भूकम्पले पारेको प्रभाव, परिवारका सदस्य गुमाउनुपर्दाको पीडा र अभाव पनि नाटकमा समावेश छ । नाटकले भूकम्प प्रतिरोधी घर बनाउन प्रोत्साहन गर्नुका साथै तीनै तहका सरकारले पीडितलाई गरेको उपेक्षा देखाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement