राष्ट्रिय चलचित्र अवार्डः ‘बुलाकी’ उत्कृष्ट चलचित्र, विपिन र स्वस्तिमा उत्कृष्ट कलाकार

मंसिर १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
राष्ट्रिय चलचित्र अवार्डः ‘बुलाकी’ उत्कृष्ट चलचित्र, विपिन र स्वस्तिमा उत्कृष्ट कलाकार

काठमाडौं । २०८० को उत्कृष्ट चलचित्र अवार्ड ‘बुलाकी’ लाई प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको आयोजनामा राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार आयोजित ‘राष्ट्रिय चलचित्र अवार्ड २०८०’ समारोहमा ‘बुलाकी’ लाई उत्कृष्ट चलचित्र घोषणा गरिएको हो ।

अभिनेता तर्फ विपिन कार्की ‘प्रसाद २’ बाट उत्कृष्ट अभिनेता घोषित हुनुभएको छ । साथै ‘दिमाग खराब’बाट स्वस्तिमा खड्का उत्कृष्ट अभिनेत्री तथा ‘दिमाग खराब’बाट उत्कृष्ट निर्देशक निश्चल बस्नेत हुनुभएको छ ।

सबैभन्दा धेरै अवार्ड ‘बुलाकी’ले उत्कृष्ट चलचित्रसहित लेखनमा राजबहादुर साने र छायाङ्कनमा शिव ढकालले प्राप्त गर्नुभयो ।

उत्कृष्ट सम्पादक महाजात्राबाट मित्र डी गुरुङलाई प्रदान गरिएको छ भने उत्कृष्ट आदिवासी मातृभाषी चलचित्र लोजिमा (लिम्बू भाषा) भएको छ ।

अन्य विजेताहरुको नाम यस प्रकार छ:

निर्णायक समिति प्रोत्साहन पुरस्कार:

अभिनेत्री- स्वस्तिमा कार्की (टुल्की)

व्यावसायिक चलचित्र- जारी (वि.सं. २०८०)

विशेष योगदान सम्म्मान:

त्यैयव शाह - कलाकार

कृष्ण प्रसाद रायमाझी - प्रदर्शक

नारायण प्रधान - द्वन्द्व निर्देशक

विद्या कार्की - कलाकार

नरेन्द्र महर्जन - प्रदर्शक

नन्द किशोर प्रसाद श्रीवास्तव - कलाकार/निर्माता

भोज बहादुर गुरुङ - निर्देशक /निर्माता

अमुल कार्की ढली - संगीत संयोजक

ध्रुब कुमार श्रेष्ठ - प्रदर्शक

बुद्धि तामांग - कलाकार

सबिता गुरुङ - कलाकार

विशेष चलचित्र पुरस्कार:

सतीदेवी, सुगुप (लिम्बु भाषा), मार्कली (गुरुङ भाषा)

चलचित्र दीर्घ साधना सम्मान:

चैत्यदेवी सिंह (नेपालको पहिलो चलचित्र 'आमा'की अभिनेत्री


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement