'द मिस ग्लोब'को टप १६ मा नेपालकी मोनिका

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
'द मिस ग्लोब'को टप १६ मा नेपालकी मोनिका

काठमाडौं । 'द मिस ग्लोब'को उपाधि कोलम्बियाले जितेको छ । आज बिहान अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायना मोरेनोले उपाधि जित्नुभएको हो ।

नेपालकी मोनिका अधिकारी भने टप १६ सम्म पुग्न सफल हुनुभयो । द मिस ग्लोबमा नेपालको यो पहिलो सफलता हो ।

२० दिनसम्म चलेको प्रतियोगितामा मोनिकाले हेड-टू-हेड च्यालेन्ज र मस्ट पपुलर विधामा फाइनलमा पुग्नुभएको हो । मोनिका शुक्रबार नेपाल फर्किँदै हुनुहुन्छ ।

मिस ग्लोब नेपाल मिस्टर एन्ड मिस नेसनलभित्रकै एक महत्त्वपूर्ण उपाधि हो । सनुर्वी इन्टरनेसनलका अध्यक्ष तथा पूर्व मिस्टर नेपाल डा. सन्तोष उपाध्याय सन् २०२१ मा मिस्टर सुप्रानेसनलमा थर्ड रनरअपसहित २ सब टाइटल जित्न सफल भएका थिए । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.