'बेहुली फ्रम मेघौली' हलबाट उत्रिँदै, ओटीटी प्लेटफर्ममा आउने

आश्विन ३०, २०८१ |कान्तिपुर टीभी संवाददाता
 'बेहुली फ्रम मेघौली' हलबाट उत्रिँदै, ओटीटी प्लेटफर्ममा आउने

काठमाडौं । नेपाली चलचित्र 'बेहुली फ्रम मेघौली' भोलिदेखि अनलाइन प्ल्याटफर्म ओटीटीमा हेर्न सकिने भएको छ । 

चलचित्र भोलिदेखि एमएसएम भिडिओ मार्फत हेर्न मिल्ने चलचित्रका निर्माता निश्चल बस्नेतले जानकारी दिनुभयो । हलमा ठिकठाक चलिरहँदा पनि शो नपाएको बेहुली फ्रम मेघौली ओटीटीमा आउने भएको हो ।

बेहुली फ्रम मेघौली भोलिदेखि हलहरुमा नलाग्ने समेत बस्नेतले बताउनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.