मीन भामद्वारा निर्देशित चलचित्र 'साम्बाला' ‌ओस्कार अवार्डमा सिफारिस

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
मीन भामद्वारा निर्देशित चलचित्र 'साम्बाला' ‌ओस्कार अवार्डमा सिफारिस

काठमाडौं । आगामी ओस्कारका लागि नेपालबाट मीन भामको चलचित्र साम्बालाले प्रतिनिधित्व गर्ने भएको छ । अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९७ औं संस्करणका लागि नेपालबाट साम्बालाले प्रतिनिधित्व गर्ने भएको फिल्मका निर्माताले जानकारी दिएका हुन् ।

साम्बाला आज (शुक्रबार)देखि सार्वजनिक प्रदर्शनमा आएको छ । भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यपको उपस्थितिमा गत आइतबार प्रिमियर भएको थियो ।

साम्बाला जर्मनीमा सम्पन्न ७४ औं बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पनि छनोट भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement