लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयको अवार्ड थिन्ले ल्हामोलाई

भाद्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयको अवार्ड थिन्ले ल्हामोलाई

काठमाडौं । प्रतिष्ठित फिल्म फेस्टिभल लोकार्नोमा अभिनेत्री थिन्ले ल्हामोले उत्कृष्ट अभिनयका लागि ‘बोक्कलिनो डिओर’ अवार्ड जितेकी छन् ।

मीनबहादुर भामले निर्देशन गरेको नेपाली फिल्म ‘साम्बाला’ को मुख्य भूमिकामा रहेकी अभिनेत्री ल्हामोले उक्त अवार्ड जितेकी हुन् । यस किसिमको अवार्ड कुनै पनि दक्षिण एसियाली कलाकारले पहिलोपटक जितेको फिल्म निर्माण टिमले जनाएको छ ।

‘यो हामी फिल्मप्रेमीहरूका लागि गौरवको कुरा हो,’ फिल्म टिमले भनेको छ, ‘यो सफलताका लागि थिन्ले, निर्देशक भाम र पूरै टिमलाई बधाई छ ।’


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement