रियालिटी शो 'द च्यालेन्जर्स, गेम अफ हिमालयज' को काठमाडौंमा सार्वजनिक प्रदर्शन

श्रावण १९, २०८१ |कान्तिपुर टीभी संवाददाता
रियालिटी शो 'द च्यालेन्जर्स, गेम अफ हिमालयज' को काठमाडौंमा सार्वजनिक प्रदर्शन

काठमाडौं । नेपालको सगरमाथा क्षेत्रमा छायांकन गरिएको रियालिटी शो 'द च्यालेन्जर्स, गेम अफ हिमालयज' को शनिबार सार्वजनिक प्रदर्शन गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शनिबार काठमाडौंमा रियालिटी शो प्रदर्शन गरिएको हो । यो शो प्राइम भिडियोमार्फत अमेरिकामा मात्र हेर्न पाइन्छ ।

निर्देशक श्री गुरुङले शो लाई नेपाललगायत विश्वभर रिलिज गर्ने तयारी भइरहेको पनि बताउनु भएको छ । ६ देशका ११ जना भ्लगर सहभागी रियालिटी शो लुक्लादेखि सगरमाथा आधार शिविरसम्म छायांकन गरिएको छ । 

'द च्यालेन्जर्स, गेम अफ हिमालयज' का ८ वटा एपिसोडहरू रहेको जनाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement